Skip to main content

काठमाडौं– टिकटकबाट चर्चामा आएर म्युजिक भिडियोमा सफल मोडल बनेकी उषा उप्रेतीले अब फिल्म अभिनयमा पनि पाइला चालेकी छन्। उनले आफ्नो दोस्रो फिल्मको रुपमा ‘आ बाट आमा’ मा अभिनय गर्ने पक्का गरेकी छिन्।

निर्माण पक्षले उनलाई फिल्मको एक महत्त्वपूर्ण र सशक्त भूमिकामा अनुबन्ध गरेको हो। यसअघि उनी अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्ने फिल्म ‘आचार्य’ मा पनि अनुबन्धित भइसकेकी छिन्। यी दुईमध्ये जुन फिल्म पहिले छायांकनमा जान्छ, त्यही उषाको डेब्यु फिल्म हुनेछ।

चन्द्र पन्तको निर्देशनमा बन्ने यो फिल्ममा उषासँगै विपना थापा, पल शाह, सिमरन पन्त, र दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत पनि देखिनेछन्। फिल्ममा प्रदीप र विपना श्रीमान्–श्रीमतीको भूमिकामा छन् भने पल उनीहरूको छोराको भूमिकामा देखिनेछन्।