नेपाली फिल्म ‘मोहर’ले बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्दै सफलताको नयाँ उचाइ चुमेको छ। पल शाह स्टारर यो फिल्मले प्रदर्शनको छैटौं दिनसम्ममा २ करोड १० लाख ७० हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा देउकी कुप्रथाको मार्मिक कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा पल शाहका साथै बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, र पवित्रा साकी (मिस पबी) लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ। चुम्बनजंग शाहीले निर्माण गरेको यो फिल्मले सकारात्मक ‘वर्ड अफ माउथ’ पाएकोले दोस्रो सातामा पनि राम्रो कमाइ गर्ने अनुमान गरिएको छ।
१ करोड ८६ लाख रुपैयाँको बजेटमा बनेको यो फिल्मले लगानी सुरक्षित गरिसकेको छ, जसले नेपाली फिल्म उद्योगमा नयाँ आशा जगाएको छ। यस हप्ता रिलिज भएका भारतीय फिल्महरू ‘कुली’ र ‘वार २’ को कमजोरप्रतिक्रियाले ‘मोहर’लाई अझै फाइदा पुगेको छ