शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ एकसाथ प्रदर्शनमा आउने भएका छन्। बलिउड फिल्म ‘सैयारा’ ले करिब दुई सातादेखि नेपाली हलहरूमा राम्रो व्यापार गरिरहेका बेला यी दुई नेपाली फिल्मले त्यसलाई चुनौती दिने अपेक्षा गरिएको छ। दुवै फिल्ममा स्थापित कलाकारहरूको उपस्थिति भएकाले घरेलु बक्स अफिसमा सुखद् सुरुवात हुने अनुमान छ।

मोहर’ र ‘सिटामोल’को बक्स अफिस भिडन्त: बेनिशा हमाललाई ‘दुई हातमा लड्डू
दुवै फिल्मको अग्रिम टिकट बुकिङ मंगलबारबाट सुरु भइसकेको छ। अहिलेको शो संख्या हेर्दा ‘मोहर’ले ‘सिटामोल’लाई केही पछि पारेको छ। देशभरका हलहरूमा ‘मोहर’ले करिब ७० शो पाएको छ भने ‘सिटामोल’ले ६० शो हाराहारी पाएको छ। थप हलहरूमा बुकिङ खुल्न बाँकी रहेकाले यो संख्या अझै बढ्ने सम्भावना छ। अब दुवै फिल्मका लागि मुख्य चुनौती भनेको दर्शकलाई हलसम्म तानेर पाएका शो संख्यालाई कायम राख्नु हो।
यी दुई फिल्मको एउटा रोचक पक्ष के छ भने, दुवैमा मुख्य अभिनेत्री बेनिशा हमाल नै छिन्। यो उनको करियरमा पहिलो पटक हो, जब आफ्नै दुई फिल्म एकै दिन भिडन्तमा उत्रिएका छन्। यसैले उनी यतिबेला दुवै फिल्मको प्रचारमा निकै व्यस्त छिन्। दुवै फिल्मले व्यावसायिक सफलता पाएको खण्डमा उनका लागि ‘दुई हातमा लड्डु’ हुनेछ।
‘मोहर’मा बेनिशा हमालसँगै पल शाह, नीति शाह, अर्जुन जंग शाही लगायतका कलाकारहरूको अभिनय छ। ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले देउकी कुप्रथाको कथा प्रस्तुत गर्दछ। यसका निर्माता चुम्बनजंग शाही हुन्।
त्यसैगरी, राजबहादुर सानेको निर्देशनमा बनेको ‘सिटामोल’मा बेनिशा हमालका साथमा सौगात मल्ल, श्री कृष्ण
निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ। ‘हात्तीछाप’का निर्देशक सिमोस सुनुवार प्रस्तुतकर्ता रहेको यो फिल्म राजबहादुर साने र