Skip to main content

करिब १३ वर्षको लामो अन्तरालपछि नेपाली फिल्ममा पुनरागमन गरेकी अभिनेत्री विपना थापा अहिले निकै व्यस्त देखिएकी छन्। गत वर्ष रिलिज भएको फिल्म ‘ह्रस्व दीर्घ’ बाट कमब्याक गरेकी उनले लगातार नयाँ फिल्महरू साइन गरिरहेकी छन्।

हालै निर्देशक चन्द्र पन्तको फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएकी विपना अब अभिनेत्री तथा निर्देशक नीता ढुंगानाको आगामी फिल्म ‘सुख दुःख’ मा पनि देखिने भएकी छन्। बुधबार विपनालाई फिल्ममा अनुबन्ध गरिएको हो। यसअघि यी दुईले ‘ह्रस्व दीर्घ’मा सँगै काम गरेका थिए।

 

नेपाली फिल्मकी ‘ड्रिम गर्ल’ विपना थापा, नीता ढुंगानासँग ‘सुख दुःख’मा !

‘सुख दुःख’मा जोडिन पाउँदा विप’सुख दुःख’मा जोडिन पाउँदा विपनाले खुसी व्यक्त गरेकी छन्। उनले फिल्मको कथाले मन छोएको र नीताको निर्देशनमा काम गर्न निकै उत्साहित रहेको बताइन्। फिल्ममा उनको भूमिकाबारे भने थप जानकारी खुलाइएको छैन।

यो फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा पनि मुख्य भूमिकामा छन्। यी दुईले २१ वर्षअघि बनेको ‘सुख दुःख’ मा पनि अभिनय गरेका थिए। आगामी फागुनबाट छायांकन सुरु हुने यस फिल्मको छायांकन भारतीय छायांकार कवीरलाल र शाहिदलालले गर्नेछन्। निर्माण पक्षले फिल्मलाई आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने तयारी गरेको छ।