काठमाडौं । चलचित्र ‘दयारानी’मा समावेश ‘चोरी चोरी’ बोलको गीत सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारी सोमबार सार्वजनिक गरिएको गीतमा कलाकारद्वय दयाहाङ राई र दीया पुन फिचर्ड छन् । सार्वजनिक गीतमा मनोज थापा मगरको संगीत, हर्क साउँदको शब्द र संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर रहेको छ ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङको अभिनय छ ।
आगामी माघ २६ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।