Skip to main content

काठमाडौं । अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई उपत्यका प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसो भक्तपुरबाट पक्राउ गरेको जानकारी प्राप्त छ ।

एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोपमा अदालतबाट अनुमति लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फिल्म ‘रावायण’मा काम गर्ने वाचा गरेर अन्तिम समयमा धोका दिएको भन्दै निर्देशक तथा निर्माता सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले असाेज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा प्रहरीले अदालतबाट अनुमति लिएर अनमोललाई पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं ल्याउँदै गरेको जानकारी प्राप्त छ ।

फिल्ममा काम गर्ने सर्तमा अनमोललाई निर्माण टिमले अग्रिम पारिश्रमिकस्वरुप १० लाख रुपैयाँ दिएको थियो । यसपछि अरु कलाकारसहित पोष्ट प्रोडक्सनमा एक करोड १५ लाख खर्च भैसकेपछि अनमोलले काम गर्न अस्वीकार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।