अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले आफ्नो निर्देशनमा बन्ने दोस्रो फिल्म ‘पार्वती’ घोषणा गरेकी छन्। गत महिना मात्रै आफ्नो निर्देशनमा फिल्म ‘सुख दुःख’ बनाउने घोषणा गरेकी नीताले अहिले त्यसभन्दा पहिले ‘पार्वती’ बनाउने भएकी हुन्। उनले शनिबार रक्षाबन्धनको अवसरमा फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै यो जानकारी दिएकी हुन्।
सार्वजनिक पोस्टरमा नीता आफैं फरक-फरक भावमा देखिएकी छन्। एउटा पोस्टरमा उनी गम्भीर मुद्रामा छाता ओढेर घाँटीमा सिठी र पानीको बोतल भिरेकी छन् भने अर्कोमा हल्का हाँसोसहित चुलबुले अन्दाजमा प्रस्तुत भएकी छन्। उनको हाउभाउ र प्रस्तुति हेर्दा उनले फिल्ममा ‘अटिजम’ भएको युवतीको भूमिका निभाउन सक्ने अनुमान गर्न सकिन्छ।
नीता स्वयंको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद लेखन शिवम् अधिकारीले गरेका हुन्। यसको छायांकन भने भारतीय सिनेम्याटोग्राफर कबीर लाल र उनका छोरा शाहिद लालले गर्नेछन्। कबीर लालले यसअघि नीता निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ खिचेका थिए र आगामी फिल्म ‘सुख दुःख’ पनि उनैले खिच्दैछन्। फिल्मको निर्माणमा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना रहेका छन्।
‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिश्रित एक मन छुने कथा हो, जसमा एक साधारण पात्रको आँखाबाट जीवनका विभिन्न पाटा, सम्बन्धको मिठास र संघर्षका भाव देखाइने नीताले बताएकी छन्। हाललाई फिल्ममा नीता मात्र मुख्य कलाकारका रूपमा तय भएकी छन्। यसको छायांकन आगामी असोजदेखि सुरु गर्ने तयारी निर्माण पक्षले गरेको छ। ‘पार्वती’ रिलिज भएपछि मात्रै नीताले आफ्नो अर्को फिल्म ‘सुख दुःख’ को काम सुरु