Skip to main content

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘इट्स माई शो’बाट विवादित दृश्यहरु काटिएको छ । विशेषगरि, यो शोमा नायिका जसिता गुरुङ, नायक अनमोल केसी र नायिका पूजा शर्माको बिषयमा सोधिएको विवादित अंश हटाइएको हो ।

नायिका जसिता गुरुङ र नायक अनमोल केसीको नितान्त व्यक्तिगत जीवनको बिषयमा केही प्रश्नहरू सोधिएको थियो ।

यसपछि, नायिका जसिता गुरुङले आफ्नो निजी जीवनको बिषयमा चर्चा गरिएको भन्दै आपत्ति जनाएकी थिइन् । उनले, आफ्नो चरित्र हत्या भएको भन्दै प्रेस काउन्सिलमा उजुरी समेत दिएकी थिइन् । जसिताको उजुरीपछि काउन्सिलले कान्तिपुर टेलिभिजनलाई पत्र समेत काटेको थियो ।

यसपछि, यो शोकी संचालिका ओसिन सिटौला काउन्सिल पुगेर आफ्नो गल्ती स्विकार गरेकी थिइन् ।

काउन्सिलले विवादित अंश हटाउन निर्देशन दिएपछि युट्युब च्यानलबाट उक्त दृश्यहरु काटिएको छ ।

दृश्य काटिएपछि नायिका जसिता गुरुङले अब यस्तो कसैलाई पनि नपरोस् भन्दै माया र साथ दिने सबैलाई धन्यवाद दिएकी छिन् ।

नायिकाद्धय साम्राज्ञी राज्यलक्ष्मी शाह र स्वस्तिमा खड्काले यो शोमा पुगेर नायिका जसिता गुरुङ, नायक अनमोल केसीको नितान्त व्यक्तिगत जीवनको बारेमा टिप्पणी गरेका थिए ।