Skip to main content

काठमाडौं । आज शुक्रबार सिनेमा हलमा दुई फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘महाजात्रा’  र बलिउड फिल्म ‘मडगाउँ एक्सप्रेस’ गरी दुई फिल्म प्रदर्शनमा आएका हुन् ।

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’ षट्कोण आर्टसले निर्माण गरेको हो । ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो ।

फिल्ममा विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेल, हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नेपालसहित यो फिल्म आजैबाट विश्वव्यापी रिलिज भएको छ। फिल्म  विश्वका ४० देशका २५० शहरमा रिलिज भएको निर्माण टिमले जनाएको छ।

त्यस्तै कमेडी जनराको हिन्दी फिल्म ‘मडगाउँ एक्सप्रेस’ तीन बाल्यकालका साथीहरूको यात्रा हो। कुणाल खेमु निर्देशित यस फिल्ममा दिव्येन्द्र शर्मा, उपेन्द्र लिमये,अविनाश तिवारी र नोरा फतेही लगायतले अभिनय गरेका छन् ।