Skip to main content

काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘रंगेली’ भारतमा प्रदर्शन हुने भएको छ । नेपाली सिनेमा हलमा फागुन २५ गतेदेखि प्रदर्शन भइरहेको यस फिल्म भारतमा हिन्दी भाषामा प्रदर्शन हुन लागेको हो ।

यो फिल्मलाई एन मुभिज र जनता सिनेमाले भारतमा वितरण गर्न लागेका हुन् । यी दुई वितरण कम्पनीले ८० मुलुकमा पनि फिल्म वितरण गर्दै आएको जनाइएको छ । ‘रंगेली’ भारतका सय पर्दामा रिलिज हुने बताइएको छ । फिल्म अमेरिकामा रिलिज भैसकेको छ भने क्यानडा, जापान, दक्षिण कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी अरब र ओमनमा पनि फिल्म प्रदर्शनको तयारी रहेको जनाइएको छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, सुन्दर धिताल, रुपेश झालगायत कलाकारको अभिनय छ।

संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता छन्। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन्।