Skip to main content

काठमाडाै‌ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल खड्का अभिनित फिल्म ‘लन्डन टु पेरिस’ को रिलिज डेट तय भएको छ ।  निर्माण टिमले लन्डन टु पेरिसको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट तय गरेकाे हाे ।

सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चललाई प्रस्तुत गरिएको छ । घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञी र निश्चलसँगै कविर खड्का, गरिमा शर्मा, रूष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारको अभिनय रहेको छ। अभिनेता निश्चलले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्म्स लिमिटेडको निर्माण सहकार्य रहेको छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माताका रूपमा रहेका छन् ।

सनिश खकुरेल सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले फिल्मलाई नेपालमा वितरण गर्नेछन्।