काठमाडौं । फिल्म ‘केटी हराएको सूचना’मा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको जोडी देखिने भएको छ । सोमबार स्क्रिप्ट पूजा गर्दै निर्माण टिमले फिल्मको औपचारिक निर्माण घोषणा गर्दै फिल्ममा नाजिर र सृष्टि अनुबन्धित भएको बताएको हो ।
केटी हराएको सूचनाबाट नाजिर र सृष्टिले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । यस फिल्ममा नाजिर र सृष्टीले पहिलो पटक एकसाथ काम गर्ने लागेका हुन्।
दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहने यस फिल्म ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको हो । बिहीबारदेखि फिल्मको छायांकन सुरु हुने निर्माण टिमले जनाएको छ ।
काठमाडौं र जनकपुरमा छायांकन गरिने फिल्मलाई अम्बर महर्जनले खिच्नेछन् भने यस फिल्ममा नकिम उद्दिमको लगानी रहने छ।