काठमाडौं । आज शुक्रबार फ्राइडे रिलिज अन्तर्गत फिल्म ‘अगस्त्य’ प्रदर्शनमा आएको छ। ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’मा सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको छ ।
फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ। फिल्मलाई संजय लामाले छायांकन गरेका हुन्।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्।
अगस्त्यसँगै हलिउड फिल्म ‘डिनोः पार्ट २’ र बलिउड फिल्म ‘लापत्ता लेडी’ र ‘अपरेशन भ्यालेन्टाइन’ पनि आजदेखि प्रदर्शनमा आएको छ।