काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’मा अनुबन्धित भएकी छन् । उनले ‘एक्टर’बाट नेपाली रजतपटमा डेब्यू गर्न लागेकी हुन्।
बिहीबार निर्मातासँग दिव्याको तर्फबाट उनका अभिभावकहरुले औपचारिक सम्झौता गरेका हुन् । यस अघि फिल्ममा प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन्। वैशाख पहिलो साताबाट फिल्मको छायांकन सुरु हुनेछ ।
यसका साथै बिहिबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक १५ गतेदेखि प्रदर्शन हुने बताएका छन् । राजन भुषालले निर्देशन गर्न लागेको फिल्ममा थमनकुमार भण्डारीको लगानी रहनेछ। फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्।