Skip to main content

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले मंगलबार जन्मदिनको अवसरमा फिल्म ‘टाँक’को फस्टलुक पोस्टर सार्वजनिक गरेकी छन् । यस फिल्मलाई साम्तेन भुटिया निर्देशिन गरेका हुन् ।

सामाजिक कथावस्तुमा निर्माण भएको फिल्मको पोस्टरमा प्रियंकालाई ग्रामिण विवाहित महिलाको अवतार देख्न सकिन्छ । पोस्टरमा  प्रियंका फरक चरित्रमा देखिएकी छन् ।  यसअघि निर्देशक साम्तेनले प्रियंकालाई नै लिएर फिल्म ‘अनागत’ निर्माण गरेका थिए ।

अन्तर्राष्ट्रिय महोत्सवमा पठाउने तयारी गरिएको ‘टाँक’ प्रियंकाको कम्पनी आयंका फिल्म्सबाट निर्माण भएको हो । सिनेमामा प्रियंकासँगै रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी, रेनु योगीको अभिनय रहेको छ । निर्देशक भुटियाकै लेखन तथा सम्पादन रहेको ‘टाँक’को निर्माता प्रियंका र आयुष्मान देशराज जोशी हुन् ।

यो छोटो फिल्मलाई आयुष्मानले खिचेका हुन् । यसअघि प्रियंकाले बनाएको वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’लाई पनि आयुष्मानले खिचेका थिए । प्रियंका पछिल्लोपटक फिल्म ‘फूलबारी’मा देखिएकी थिइन् ।