काठमाडौं । आज शुक्रबार फ्राइडे रिलिज अन्तर्गत एक नेपाली फिल्म र दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन् । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ र बलिउड फिल्म ‘आर्टिकल ३७०’ र ‘क्रयाक जितेगा तो जियेगा’ प्रदर्शनमा आएका हुन्।
फिल्म ‘गोर्खा वारियर’ मा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ। साथै यो फिल्म नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको छ ।
लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई रहेका छन्।
त्यस्तै आदित्य सुहास जम्भ निर्देशित फिल्म ‘आर्टिकल ३७०’मा यामी गौतम, प्रियमणी, किरण कर्माकर लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
आदित्य दत्तले निर्देशन गरेको फिल्म ‘क्रयाक जितेगा तो जियेगा’ मा विद्युत जमवाल, नोरा फतेही, अमी ज्याक्सनलगायत कलाकारको अभिनय छ।