Skip to main content

काठमाडौँ । फागुन २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजाले निर्देशिन गरेको फिल्म ‘उपहार’ फागुन २५ गतेबाट देशभर रिलिजमा आउँदैछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा काठमाडौंँ महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ ।

खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनाव पनि ट्रेलरमा समेटिएको छ । निर्माण युनिटले ट्रेलरमा मार्फत फिल्मको कथा हाम्रै समाजको ताजा कथा भएको बुझाउन खोजेको देखिन्छ । ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ । ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ । ट्रेलर एकदमै रमाइलो र आकर्षक समेत बनेको छ ।

रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।

सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ ।