Skip to main content

काठमाडौं । फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’को नयाँ गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक गरिएको छ । विवाह गीतको रुपमा तयार पारिएको यो गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेको शब्द, सुशान्त गौतमको संगीत छ ।

गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका मिरुना मगरको विवाह समारोहको दृश्य  देखाइएको छ । दया र मिरुनाको वैवाहिक समारोहमा अर्का कलाकार विजय बरालले गीतमा रमाएको दृश्य भिडियोमा प्रस्तुत गरिएको छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश वुढाथोकी लगायतको अभिनय छ । फिल्ममा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ । फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् ।