मुम्बई । बलिउड निर्माता आदित्य चोपडा आफ्नो वाईआरएफ स्पाई युनिभर्सलाई अविस्मरणीय र बेजोड नाटकीय अनुभव बनाएर भारतीय फिल्मको सबैभन्दा ठूलो आइपी बनाउने तयारीमा जुटेका छन् । वाईआरएफ स्पाई युनिभर्सको सुरुवात ‘टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो, जसमा सलमान खान र कटरीना कैफले अभिनय गरेका थिए ।
स्पाई युनिभर्सले ‘एक था टाइगर (२०१२)’ र ‘टाइगर जिन्दा हे (२०१७)’ बाट सुरु गर्दै ‘वार (२०१९)’ को सफलताले एउटा नयाँ उचाइमा पुर्यायो । त्यसपछि वाईआरएफ स्पाई युनिभर्सलाई अर्को उचाइमा पुर्याउन शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अलटाइम ब्लकबस्टर फिल्म ‘पठान’ ले सहयोग गर्यो । जसमा सलमान खानले आफ्नो ‘टाइगर’ अवतारमा केमियो गरे ।
यसपछि स्पाई युनिभर्सको अर्को फिल्म ‘टाइगर ३’ मा सलमान, कटरीना कैफ र इमरान हासमी प्रमुख भूमिकामा देखिए । अब भने आदित्य अलिक फरक ढंगले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउने तयारीमा लागि परेका छन् ।
आदित्यले वाईआरएफ स्पाई युनिभर्स फिल्मको कथा इन्टर-कनेक्टिभिटीको सुरुवात ‘पठान’बाट गरे । जहाँ उनले जोनद्वारा निभाइएको खलनायक चरित्र ‘जिम’ फिल्म ‘वार’ फ्रेञ्चाइजीका ‘कविर’ चरित्र निभाउने ऋतिक रोशनसँग टिममा सँगै थिए भन्ने खुलासा गरेका थिए ।
‘पठान’ मा टाइगर र पठानलाई पहिलो पटक स्क्रिनमा एक साथ ल्याएर उनीहरु राम्रो साथी हुन् भन्ने देखाए । ‘पठान’ ले पुनः ‘टाइगर ३’ मा आफ्नो उपस्थिति देखायो र ऋतिकले पनि ‘ईस्टर एग’ मा आफ्नो उपस्थिति देखाउँदा ‘वार २’ को आधार तयार पार्यो ।
अब भने आदित्यले दुई साथी, टाइगर र पठानबीच ‘चरम’ द्वन्द गराउँदैछन् । उनले एक फिल्म बनाउने छन् र दर्शकका लागि त्यो अप्रत्याशित हुनेछ । आदित्य टाइगर भर्सेस पठानको अनुहारलाई ‘चरम द्वन्द’ मा परिणत गराउँदै वाईआरएफ स्पाई यूनिभर्सको टाइमलाइनमा एउटा नयाँ मोड दिन जाँदैछन् ।