Skip to main content

काठमाडौं । प्रणय दिवसको सप्‍ताह सुरु भइरहेको समयमा चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को प्रेमिलो लुक्स रिलिज भएको छ । निर्देशक तथा लेखक प्रदीप भट्टराईले माया गर्नेहरूलाई समर्पित गर्दै लुक्स सार्वजनिक गरिएको बताए ।

फिल्मका मुख्य कलाकार नायक विपिन कार्की र नायिका वर्षा राउतलाई पोष्टरमा रोमान्टिक अवतारमा देख्न सकिन्छ । यस्तै, अर्का जोडी कलाकारद्वय दिव्य देव पन्त र गौमाया गुरुङलाई पनि पोष्टरमा स्थान दिइएको छ । सार्वजनिक दुई पोस्टरले फिल्म भित्र मायाका रंगहरु समावेश गरिएको बुझ्न सकिन्छ ।

फिल्ममा विपिनले फडिन्द्र, वर्षाले सम्पदा, दिव्यले इन्स्पेक्टर एकदेव खत्री र गौमायाले कान्ति थकालीको पात्र निर्वाह गरेका छन् ।  फिल्मका निर्देशक भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार भएको बताए । फिल्ममा हाँसो र रोदनको मिश्रण रहेको उनको भनाई छ ।

यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारको अभिनय छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले यो फिल्म निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन, आशिष अविरलको संगीत छ ।