Skip to main content

काठमाडौँ । भोलि शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शोज पाएको छ । फिल्मको बुधवारबाट अग्रिम टिकट बुकिङ समेत खुलिसकेको छ । यो फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ ।

अभिनेता दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी लगायतको कलाकारको अभिनय रहेको कारण फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । त्यसैले पनि फिल्मलाई देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज दिइएको छ । सिंगल हलहरूको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ ।

क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाज्मा ४ शोज उपलब्ध गराएको छ ।

फिल्मलाई वीग मुभिजले ६ शोज दिएको छ । बिहानदेखि बेलुकासम्म फिल्मलाई अधिकांश हलले उच्च शोज दिएका छन् । चाबहिलको एफक्यूब हलले पनि यो फिल्मलाई ६ शोज उपलब्ध गराएको छ ।

देशभरका हलमा उच्च शोज पाएको यो फिल्मले विकेन्डमा नै राम्रो ओपनिङ गरेको खण्डमा निर्मातालाई लगानी सुरक्षित गर्न धेरै दिन पर्खन नपर्ने निश्चित छ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा दयाहाङ, सौगात र उपासनाको अलवा बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वृद्धि तामाङ, सुष्मा निरौला, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । फिल्मले प्रिमियरबाट राम्रो तारिफ पाएको थियो । फिल्ममा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।