काठमाडौं । भोलीबाट रिलिज हुने सिनेमा ‘दयारानी’को अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ। सिनेमाले देशभरका विभिन्न हलमा ११३ शो पाएको छ ।
सिनेमाले दर्शक हलसम्म फर्काउने अपेक्षा गरिएको छ । जसको लागि सिनेमाको निर्माण टिमले प्रचारमा राम्रै दौडधुप गरिरहेको छ ।‘दयारानी’लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ ।यस्तै, बिग मुभिजले ६ शो, वान सिनेमाजले नयाँ बानेश्वर र कालिमाटीमा गरेर ९ शोज, एफक्यूबले ४ शोज, आइएनआइएले १२ शोज दिएका छन् ।
यो फिल्म नेपालसँग माघको २६ गते अमेरिकामा रिलिज हुनेछ । यस्तै, अमेरिकामा भने फिल्म माघको २५ गतेबाट रिलिज हुनेछ । अमेरिकाका हलमा यो फिल्मलाई १ सय ९७ शोज, पक्का भएका छन् । सिनेमा डलास, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागो लगायत अमेरिकाका प्रमुख सहरमा हेर्न पाइनेछ।
अष्ट्रेलीयाका हलमा १ सय ८० वटा शोज मिलेको निर्माणपक्षले बताएको छ । अष्ट्रेलियामा उल्लेख्यमात्रमा नेपाली जनसङ्ख्या भएका सबै प्रमुख सहरमा सिनेमा रिलिज हुनेछ ।
फिल्मको अन्तराष्ट्रिय वितरक सेभेन सीज इन्टरटेन्मेन्टले दिएको जानकारी अनुसार यो फिल्म मध्यपूर्व फेब्रुअरी १५ मा रिलिज हुनेछ भने बेलायतसहित युरोपेली मुलुकहरूमा फेब्रुअरी १६ बाट रिलिज हुनेछ ।
सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।