Skip to main content

काठमाडौँ ।  फिल्म ‘मेयर’ को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी छन्।

दीपेन्द्र के खनालको फिल्म ‘मेयर’ को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी हुन्।

फिल्म ‘मेयर’को शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने छन्।  वर्षाले लामिछानेको अपोजिटमा अभिनय गर्ने बताइएको छ।

फिल्मको छायांकन फागुन १५ देखि सर्लाहीमा हुने जनाइएको छ। फिल्मलाई पटकथा प्रोडक्सनले निर्माण गर्दैछ भने निर्देशक तथा निर्माताको रुपमा दीपेन्द्र छन्।