Skip to main content

काठमाडौँ । अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको इन्डो–नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ । दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रहमानन्दमको जन्मदिनको अवसर पारेर उनको सोलो फस्टलुक सार्वजनिक गरेको हो ।

फस्टलुकमा सिरमा ढाका टोपी, निधारमा चन्दन लगाएका ब्रहमान्दमलाई अचम्मित र हाँसेको देख्न सकिन्छ । उनलाई ‘पण्डित’ अवतारमा देख्न सकिन्छ।एउटामा उनी हर्षित मुद्रामा छन् भने अर्कोमा अचम्मित भावमा प्रस्तुत छन् । उनको भागको छायांकन गत वर्ष भारतस्थित रामोजी फिल्म सिटी (स्टुडियो)मा गरिएको थियो । ब्रह्मानन्दमले पहिलोपटक नेपाली फिल्ममा काम गरेकाले ‘ह्रस्व दीर्घ’प्रति दर्शकको चासो बढेको छ । हरिहर अधिकारीको कथा रहेको फिल्ममा चन्द्र पन्तको निर्देशन छ । यो फिल्म आगामी वर्ष २०८१ को असोज ११ गते रिलिज हुँदै छ ।

चन्द्र पन्द निर्देशित सिनेमामा नेपालका र भारतका कलाकारहरुको अभिनय रहेको छ। सिनेमा नेपालीसँगै तेलेगु भाषामा रिलिज हुनेछ। भारतमा भने यो सिनेमामा ओटिटि प्लेटफर्ममा मात्र रिलिज हुनेछ। हरिहर अधिकारीले लेखेको सिनेमामा हरिहर तथा नीताका अलावा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।

तीन सेड्यूलमा छायाँकन हुने सिनेमाको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको छायांकन भारतमा हुँदैछ। यो फिल्मको छायाङ्कन नेपाल र भारतमा गरिएको छ ।