काठमाडौं । अभिनेत्री रेखा थापा अभिनित फिल्म ‘उपहार’ को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्मको शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको सङ्गीत तथा प्रमोद ढुङ्गानाको शब्द रहेको छ । साथै गीतमा रेखासँगै बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल र सुष्मा कार्की फिर्चड छन् ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाल लगायतको अभिनय छ ।
फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउनेछ ।