Skip to main content

काठमाडौं । दीपेन्द्र लामाको लेखन एवं निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘दुःखी आत्मा’को शीर्ष अभिनेत्रीमा आँचल शर्मा अनुबन्धित भएकी छन् । निर्माण कम्पनि क्लक वर्क क्रियसनले सिनेमाको मुख्य अभिनेत्रीमा सोमबार आँचल शर्मासँग लिखित सम्झौता गरिएको हो ।

कथाको माग अनुसार नै आँचललाई फिल्ममा अनुबन्धित गरेको निर्देशक लामाले बताएका छन् । क्लक वर्क क्रियशनले निर्माण गर्न लागेको यो फिल्ममा नायक दयाहाङ राई अनुबन्धित भइसकेका छन् । दया र आँचलले यसअघि फिल्म ‘डिग्री माइला’मा काम गरिसकेका छन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको सिनेमा ‘नाङ्गो गाउँ’ बक्सअफिसमा हिट भएको थियो ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि बनाएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । यस्तै, यी दुईले नै फिल्म ‘नाङ्गो गाउँ २’को घोषणा समेत गरिसकेका छन् । ‘दुःखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो ।

फिल्म ‘दुःखी आत्मा’को छायांकन चैत्र महिनादेखि सुरु गर्ने तयारी निर्माणपक्षको छ । सिनेमाका अन्य कलाकार, प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन् । काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको सिनेमाको बितरण आरआर फिल्मस्ले गर्नेछ ।