भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १७ को उपाधि मुनव्वर फारुकीले जितेका छन् । उनले अभिषेक कुमारलाई पछि पार्दै बिग बोस १७ को उपाधि हात पारेका हुन्।
मुनव्वरले ५० लाख भारुसँगै कार र बिग बोस ट्रफी जितेका छन् भने अभिषेक कुमार उपविजेता भए भने मन्नारा चोपडा सेकेन्ड रनरअप भइन् ।
यस रियालिटी शोलाई सलमान खानले होस्ट गरेका थिए । जसमा अंकिता लोखंडे, अभिषेक कुमार, मुनव्वर फारुकी, मन्नारा चोपडा र अरुण महाशेट्टी शोको उत्कृष्ट पाँच प्रतियोगी उपाधि दौडमा थिए ।
मुनव्वर स्टयान्ड-अप कमेडियन हुन्। उनी कंगना रनावतले होस्ट गरेको शो ‘लकअप’ बाट चर्चामा आएका थिए। उनी लकअपका विजेता समेत रहेका छन् ।