काठमाडौं । हिमाली जिल्लामा मनाङ ‘खुस्मा’को पहिलो सेड्यूलको छायाँकन सुरु भएको छ । माघ १० गतेबाट सिनेमाले आफ्नो पहिलो सेड्यूल सुरु गरेको हो ।
हिउँका दृश्यहरू फिल्मका लागि महत्त्वपूर्ण भएका कारण फिल्मको छायांकन मनाङबाट गरिएको हो । धिरज मगर र उपासनासिंह ठकुरीको मुख्य भूमिका रहने फिल्मका निर्देशक अशोक थापा मगर हुन् । केही डकुमेन्ट्री निर्देशन गरेका मगरको यो निर्देशनमा डेब्यु फिल्म हो ।यो सिनेमाबाट अभिनेता धिरज मगर र अभिनेत्री उपसना सिंह ठकुरीले पहिलोपटक रिल जोडी बनेर पर्दामा आउँदैछन् ।
मनाङमा १० दिन सुटिङपछि फिल्म युनिट पूर्वी रुकुम पुग्नेछ । ॐ एम मिडिया प्रालि प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।
ॐ एम मिडिया प्रा.लि.को प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।
फिल्ममा एस डी योगीको संगीत, दीपक बज्राचार्यको छायांकन छ । फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन, अरुण मगर लगायतको पनि अभिनय छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई गोविन्द शाहीले वितरण गर्नेछन् ।