काठमाडौं । आफ्नो अमेरिका यात्रालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित बनेकी छन् । राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेकी उनले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष लिङ्देनलाई जवाफ दिएकी छन् ।
शनिबार आयोजित एक कार्यक्रममा लिङदेनले रेखाको नाम नलिई एक जना कलाकार पहिलो सन्तान जन्माउन अमेरिका पुगेको भन्दै राष्ट्रियताको प्रश्न उठाएका थिए । यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।
लिङ्देनको यो व्यङ्ग्यपछि रेखाले सामाजिक सञ्जालबाटै जवाफ फर्काएकी छिन् । उनले लेखेकी छिन्–‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?”
यस्तै, रेखाले अर्को ट्विट गर्दै लेखेकी छिन्–‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाँङ्ग परेपछि, बिरालोहरु खाँबो कोतर्दै छन् रे त । आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताको बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि रु’