Skip to main content

काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको यो गीतमा लीला गजमेर र निशान भट्टराईको स्वर, अर्जुन सुवेदीको शब्द, हुर्कलेस बस्नेतको संगीत छ ।

गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माको आकर्षक नृत्य छ । भिडियोको बिच बिचमा फिल्मका दृश्यहरू राखिएका छन् । गीतमा कोरियोग्राफी शिशिर खातीको छ । सार्वजनिक भिडियोमा शिल्पा बोल्ड देखिएकी छिन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रुपेश झा, रमेश वुढाथोकी, शेखर चापागाँई, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा संसार चौलागाई र रमेश भट्टराईको लगानी छ । फिल्ममा जितेन्द्र खतिवडा र अनुज जंग शाह कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा युवक कार्की, शिव शंकर चौलागाई सह–निर्माताको रुपमा छन् । यस्तै, फिल्मका सहयोगी निर्मातामा विवेक खड्का र शिव थपलिया हुन् ।

नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा फिल्म एकसाथ रिलिजको तयारी छ ।