काठमाडौं । केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ ।
पुष्कर राउतको प्रस्तुतिमा निर्माण हुने फिल्ममा विनयराज पौडेलको लेखन एवं निर्देशन रहनेछ । निर्माण पक्षले बिहीवार फस्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा एक व्यक्ति शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य छ ।
निर्देशक पौडेलले यसै फिल्म मार्फत निर्देशन डेब्यु गर्न लागेका हुन् । फिल्मका लागि धमाधम कलाकार छनौट भइरहेको छ । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी वैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि स्वयम् निर्देशक पौडेलकै रहनेछ ।
दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका विनयले केही म्युजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरेका छन् ।