काठमाडौं । फिल्म ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार ओएसआर डिजिटल युट्युब च्यानलबाट फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा भूकम्पदेखि प्रेमसम्मको लाई स्थान दिइएको छ। सिमोस सुनुवारले निर्देशन गरेको यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राईलगायत कलाकारको अभिनय छ।
प्रदीप भारद्धाजको लेखन रहेको फिल्म सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ। रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। फिल्मका निर्मातामा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ छन् भने कार्यकारी निर्माता सरोज नेपाली हुन्।
फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुनेछ।