Skip to main content

हलिउड फिल्म ‘द आइस रोड २’ का लागि अस्ट्रेलियाको भिक्टोरियामा नेपालको गाउँजस्तै देखिने सेट बनाइएको छ।

यस फिल्ममा नेपाली गाउँको कथा समेट्नु पर्ने भएपछि उक्त सेट तयार पारिएको हो। भेरायटी म्यागेजिनका अनुसार यस फिल्मको सुटिङ पहिले उत्तरी क्यानडामा गर्ने योजना थियो तर निर्माण टिमले अस्टेलियाको भिक्टोरियामा सारेका हुन्। हाल फिल्मको छायांकन भिक्टोरियास्थित वालहल्लामा भइरहेको छ।

अस्ट्रेलियामा नेपालको पहिचान र संस्कृति झल्कने गरी सेट तयार पारिएको छ। बेन्जी डूडल युट्युब च्यानलमार्फत एक भिडियो सार्वजनिक गरिएको छ। जसमा अस्ट्रेलियामा बनाइएको नेपाली गाउँको सेट देख्न सकिन्छ।

यो फिल्मको छायांकनबाट भिक्टोरिया राज्यलाई २० मिलियन अमेरिकी डलर फाइदा हुने बताइएको छ। यसले भिक्टोरिया राज्यमा ६०० जनाले रोजगारीको अवसर पनि पाउने छन्।

यो फिल्म ‘द आइस रोड’ को दोस्रो शृंखला हो। जोनाथन हेन्स निर्देशित फिल्ममा लियाम निसनले ट्रक चालकको भूमिका निर्वाह गरेका छन्।