एजेन्सी । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको डिपफेक भिडिओ बनाउने व्यक्ति पक्राउ परेका छन्। भारतीय संचारमाध्यमका अनुसार डिपफेक भिडियो बनाउने इन्जिनियर इमानी नवीनलाई प्रहरीले पक्राउ गरेको हो।
नयाँ दिल्ली प्रहरीको टिमले डिपफेक बनाउने नवीनलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो। इमानीले आफ्नो सामाजिक सञ्जालमा फलोअर्स बढाउन डिपफेक भिडिओ बनाएको बताएका छन्।
उक्त भिडिओमा रश्मिकाको अनुहार अर्को महिलाको अनुहारमा राखिएको थियो। उनी कालो पहिरन लगाएर लिफ्टमा चढिरहेकी देखाइएको थियो।
यसैगरी हाल डान्सर तथा अभिनेत्री नोरा फतेह पनि डिपफेक भिडियोको शिकार भएकी छन्। सामाजिक सञ्जालमा नोराको डिपफेक भिडिओ भाइरल भइरहेको छ।