दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘पुजार सार्की’को मुख्य गीत रेकर्डिङ भएको छ। गीत अहिलेका चर्चित गायक-गायिका प्रकाश सपुत र शान्तिश्री परियारले गाएका हुन्।
लोक शैलीको उक्त गीतमा हर्क साउदका शब्द, सुवास भुसालको संगीत र हेमन्त कान्छा रसाइलीको एरेन्ज छ। यी दुई गायकले शनिबार गीत रेकर्ड गरे । निर्देशक दिनेश राउतले प्रकाश र शान्तिश्रीसँगको तस्वीर सेयर गर्दै गीत रेकर्ड भएको जनाएका छन् ।
सिनेमामा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली र परिक्षा लिम्बुको मुख्य भुमिका रहनेछ । अभिनेत्री बराईलीले ‘महापुरुष’ र परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन । दर्शकको रोजाइका तीन स्टारलाई एकसाथ पर्दामा हेर्न पाउँदाको अनुभव स्मरणीय हुने अपेक्षा निर्माण टिमको छ ।
एक दर्जन चलचित्रका गीतमा संगीत दिएका संगीतकार भुसालले पहिलोपटक फिल्म निर्माण गर्न लागेका हुन्। भुसालले संगीत भरेका हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ राउत निर्देशित फिल्म ‘प्रसाद’मा समावेश थिए।