Skip to main content

पछिल्लो समय निकै रुचाइएका गायक सुजन चापागाईँले चलचित्र बलिदानमा काम गर्ने भएका छन् । लोकप्रिय गायक चापागाईँ उनको साङ्गीतिक संस्था आर्टमान्डुका टिमका सदस्यद्वय गीतकार हर्क साउद र निर्देशक नवीन चौहानले पनि चलचित्र बलिदानमा गीत संगीतको पाटो सम्हाल्ने गरी सम्झौता भएको छ ।

सुजनले गाएका तीन पाते, फूलथुंगे रानी, लजाए, गाला पुक्क, घुमी घुमी मिलेको जीउ छिनेको कम्मर, बाफलगायतका दर्जन गीतले निकै रुचाइएकोमा पर्छन् । बलिदान चलचित्रका गीत तथा ब्याकराउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा संगीत तथा स्वर र ब्याकराउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन् ।

यसअघि सुजनले केही चलचित्रको लागि फुटकर गीतहरूमा आवाज दिए तापनि पहिलो पटक सबै जिम्मेवारी लिएर चलचित्रमा गीत गाउनका लागि आबद्ध भएका हुन् । दर्शक तथा श्रोताका लोकप्रिय गायक तथा संगीतकारलाई चलचित्रमा आबद्ध गराउन निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समयदेखि छलफल गरिरहेका थिए ।

यसअघि सुजनले केही चलचित्रको लागि फुटकर गीतहरूमा आवाज दिएतापनि पहिलो पटक सबै जिम्मेवारी लिएर चलचित्रमा गीत गाउनका लागि आबद्ध भएका हुन् ।

र्शक तथा श्रोताका लोकप्रिय गायक तथा संगीतकारलाई चलचित्रमा आबद्ध गराउन निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समयदेखि छलफल गरिरहेका थिए । टिमको आबद्धतासँगै हाल गीत संगीतको विषयमा कार्यशाला भइरहेको छ । निर्देशक सेनले चलचित्रको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने जानकारी दिए ।

सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको चलचित्र बलिदानको टिजर छांयाकन अगावै रिलिज भैसकेको छ ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन्। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन्।