Skip to main content

सिनेमा ‘फाइटर’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमामा ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको मुख्य भूमिका रहेको छ । एरियल-एक्सन जनरामा निर्माण भएको सिनेमामा दीपिका र ऋतिक स्क्वाड्रन लिडर बनेका छन् ।

यो फिल्मलाई पहिलो एरीयल एक्सन समावेश गरिएको बलिउड फिल्म भनिएको छ । फिल्मले भारतीय बायू सेनामाथि आतंकवादी हमलापछि उत्पन्न हुने परिस्थिति र बदलाको कथालाई उठान गरेको छ । यो फिल्म देशभक्ति भावनामा आधारित छ। फिल्म भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा २५ जनावरीमा रिलिज हुँदैछ।

फिल्ममा दीपिका र ऋतिकलाई लभ इन्ट्रेस्टको रुपमा देखाइएको छ । यो फ्रेन्चाइजको पहिलो फिल्म हो । ‘फाइटर’बाट निर्देशक आनन्दले धेरै आशा राखेका छन् । उनले अहिलेसम्म दर्शकले पर्दामा नदेखेको दृश्यलाई ‘फाइटर’मा देखाइने बताए । फिल्मको कथा सिद्धार्थ आनन्दसँगै भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखेका हुन् ।