Skip to main content

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवराकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले विवाह गर्न लागेको खबर बाहिरिएको छ। उनीहरूले फेब्रुअरीको दोस्रो सातामा इन्गेजमेन्ट गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

स्रोतका अनुसार उनीहरू यही वर्ष बिहे गर्ने तयारीमा रहेका छन्। तर अहिलेसम्म विजय र रश्मिकाले आफ्नो सम्बन्धको बारेमा बोलेका छैनन्।

त्यसो त यसअघि रश्मिकाले विजयको घरमा दिवाली समेत मनाएकी थिइन्। उनीहरू सम्बन्धमा रहेको कुरा उनीहरू निकट व्यक्तिहरूले दावी गरिरहेका छन्।

फिल्म ‘डियर कमरेड’मा रश्मिका र विजयको जोडीलाई दर्शकहरुले निकै रुचाएका थिए ।