Skip to main content

काठमाडौं। सोमबारबाट दुई नेपाली फिल्मको छायांकन सुरु भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको फिल्म ‘डिग्री माइला’को दोस्रो सेड्यूलको छायांकन सुरु भएको हो ।

रुम्जाटारमा क्यामेरा पूजा गर्दै नायक दयाहाङ राईले फिल्मको छायांकन सुरु गरे । यो फिल्मको पहिलो सेड्यूलको छायांकन सकिएको केही महिनापछि दोस्रो सेड्यूलको छायांकन सुरु गरिएको हो । अहिले उनका दुईवटा फिल्म ‘मनसरा’ र ‘डिग्री माइला’को एकसाथ छायांकन भैरहेको छ ।फिल्ममा दयाहाङसँगै नायिका आँचल शर्मा, कलाकार विजय बराल लगायतको अभिनय छ ।आगामी नयाँ वर्षमा फिल्मलाई रिलिज गर्ने तयारी छ ।

रुम्जाटारमा ‘डिग्री माइला’को दोस्रो सेड्यूलको छायांकन सुरु भइरहँदा निर्देशक उपेन्द्र सुब्बाले फिल्म ‘मनसरा’को छायांकन ललितपुरको नख्खुबाट सुरु गरेका छन् । फिल्मको पहिलो दृश्य कलाकार मिरुना मगर र प्रवीण खतिवडाले दिएका छन् । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म सोसल ड्रामा निर्माण हुन लागेको हो । फिल्म ललितपुर र पाँचथरमा छायाङ्कन हुनेछ । प्रदर्शन मिति आउँदो बर्षको वैशाख २१ गतेलाई तय गरिएको छ ।

‘डिग्री माइला’को छायांकन सकेपछि दयाहाङ ‘मनसरा’को सेटमा जोडिनेछन् ।