Skip to main content

काठमाडौँ । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘भूठान स् द वल्र्डस ह्याप्पिएस्ट म्यान’मा हलिउड अभिनेता ब्रुस डर्नको समेत अभिनय रहने भएको छ । दुईपटक ओस्कार मनोनीत अभिनेता अव हरिवंश आचार्य र दयाहाङ राईसँगै फिल्ममा देखिनेछन् ।

विनोद पौडेलको निर्देशनमा यो फिल्मको छायांकन अहिले अमेरिकामा भइरहेको छ । फिल्मले नेपालबाट पुनर्वास भएर अमेरिकाको पेन्सिलभेनिया र ओहायो क्षेत्रमा बसोबास गरेका नेपालीभाषी भुटानीको दुर्दशा र विस्थापनसँग संघर्षको कथा पेश गर्छ ।

निर्देशक पौडेलल् डर्नलाई एजेन्सीमार्फत् स्क्रिप्ट पठाएका थिए । स्क्रिप्ट मन परेपछि उनी नेपाली सिनेमामा अभिनय गर्न तयार रहेको जानकारी गराएका हुन् । सन् १९७९ मा डर्न सिनेमा ‘कमिङ होम’बाट ओस्कार अवार्डको मनोनयनमा परेका थिए । त्यसपछि सिनेमा ‘नेब्रास्काका लागि उनले सन् २०१३ मा ‘कान्स सिनेमा महोत्सव’मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

ब्रिटिश एकेडेमी सिनेमा अवार्ड, जिनी पुरस्कार र गोल्डेन ग्लोब्स अवार्डमा समेत धेरैपटक मनोनयनमा परेका उनले ५० बढी सिनेमा तथा टेलिभिजन सिरिजमा अभिनय गरेका छन् । अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको सिनेमामा यसअघि हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन लगायत अनुबन्ध भैसकेका छन् ।

पौडेलले यस अगाडि फिल्म ‘बुलबुल’ निर्देशन गरेका थिए । यो फिल्मले दर्शक तथा समीक्षक सबैबाट तारिफ पाएको थियो । फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका थियो ।

‘भूठान स् द वल्र्डस ह्याप्पिएस्ट म्यान’ नेपाल र अमेरिकाको निर्माताको संयुक्त रहनेछ । फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापासँगै एलएन अधिकारी, कौशिला कर्माचार्य, रमेश भट्ट र अपार श्रेष्ठ हुन् । फिल्मको निर्देशक विनोदले केही अगाडि घोषणा गरेका थिए ।