Skip to main content

निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘गाउँ नै रमाइलो’मा पुनः अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीच सहकार्य हुने भएको छ ।सिनेमाका लागि यही हप्ता मिरुनासँग सम्झौता गरिएको हो । निर्माता कडरियाले नायिका मिरुना मगरसँग कागजी संझौता भएको जानकारी दिएका छन् ।

यसअघि यो फिल्ममा नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भइसकेका छन् । फिल्ममा मिरुना कसको जोडीको रुपमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन । यस्तै, फिल्ममा बुद्धि तामाङको पनि प्रवेश भएको छ । फिल्ममा अब अन्य केही लिड कलाकार फाइनल गर्न बाँकी रहेको निर्माता कडरियाले जानकारी दिएका छन् ।

यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् । फिल्मको लेखन विकास सुवेदीले गरेका हुन् । दिनेशले फिल्म ‘पुजार सार्की’पछि यो फिल्मको निर्देशन थाल्नेछन् । सिनेमालाई अर्को वर्षको दशैंको फूलपातीमा सार्वजनिक प्रदर्शन गरिँदैछ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमा गाउँघरको कथामा निर्माण हुने शीर्षकले नै प्रष्ट पारेको छ ।

फिल्म ‘गाउँ नै रमाइलो’लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ । ओभरसिजमा भने यो फिल्मलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।