Skip to main content

काठमाडौं । पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले इन्गेजमेन्ट गरेकी छिन् । उनले बिहीबार अमेरिकाको न्युयोर्कमा प्रेमी सशांकलाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

अश्मीले बिहिबार सामाजिक सञ्जाल इन्सटाग्राममा एउटा भिडियो सेयर गर्दै आफूले प्रेमी शशाङ्कको प्रस्ताव स्वीकार गरेको जानकारी दिएकी छन् ।

‘उसले प्रस्ताव राख्यो, मैले स्वीकारें । हामीले इन्गेजमेन्ट गर्‍यौं,’ अश्मीले इन्सटाग्राममा लेखेकी छन् ।

अश्मी र सशांक करिव एक वर्षदेखि प्रेम सम्बन्धमा छन् । अश्मीले सन् २०१६ मा मिस नेपालको उपाधि जितेकी थिइन् । हाल उनी मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छन् ।