काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै युट्युब च्यानलमार्फत ‘मुटु कुटक्कै’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
उक्त गीतमा प्रकाश सपूतसँगै गायक प्रताप दास र कुशल बेलबासेको स्वर रहेको छ । गीतको भिडिओमा प्रकाश सपूत, कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ ।
नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन् । म्युजिक भिडिओलाई प्रकाश स्वयंले निर्देशन गरेका हुन् ।