Skip to main content

काठमाडौं । दीपक श्रेष्ठ निर्देशित चलचित्र ‘पर्खि बसेँ तिमीलाई’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। मंगलबार बुढासुब्बा युट्युब च्यानलमार्फत चलचित्रको गीत सार्वजनिक गरिएको हो।

प्रमोद खरेल र अनु चौधरीको स्वर रहेको गीतमा किरण श्रेष्ठ र रक्षा बुढाथोकी फिचर्ड छन्।  रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन् । चलचित्रको गीतले पनि दुई पात्रको प्रेम र समर्पणलाई व्यक्त गरेको छ ।

चलचित्रमा राजाराम बुढाथोकीको लगानी छ । रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह–निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन छ ।

चलचित्रको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ। यस चलचित्र काठमाडौं उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टले र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।

पर्खि बसेँ तिमीलाई आगामी पुस २७ गतेदेखि प्रदर्शन हुँदैछ।