Skip to main content

निर्देशक निश्चल बस्नेतले “दिमाग खराब” को सिक्वेल निर्माण घोषणा गरेका छन्। प्रदर्शनको ५१ औं दिन मनाउन शनिबार आयोजित समारोहमा उनले २०८३ सालको दशैंमा सिक्वेल ल्याउने बताए । कार्तिक २४ गतेदेखि प्रदर्शन भएको फिल्मले शनिबार ५१ औं दिन मनाएको हो।

‘‘धेरैले सिक्वेल आउँछ कि आउँदैन भनेर सोध्नुभएको छ। यसको सिक्वेल आउँछ। २०८३ सालको दसैँमा सिक्वेल आउँछ’ कार्यक्रममा बाल्दै निर्देशक निश्चलले भने, ‘यसको सिक्वेलमा पनि हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय नै हुनेछ।’

आफ्नो अत्यन्त व्यस्त सुटिङ सेड्यूलबाट समय निकालेर नायक दयाहाङ राई शनिबार फिल्म ‘दिमाग खराब’को ५१ दिने सेलिब्रेशन कार्यक्रममा उपस्थित भए । यसअघि, यो फिल्मको कुनै पनि कार्यक्रममा दया सहभागी भएका थिएनन् । दयाले ‘दिमाग खराब’ले ५१ दिन मनाएकोमा खुशी व्यक्त गरे । दयाले ‘दिमाग खराब’को लागि मात्र खुशी व्यक्त गरेनन्, वैशाख १ गते रिलिज भएको फिल्म ‘जारी’को पनि प्रसंग उठाए ।

निश्चलले ६ वर्षपछि ‘दिमाग खराब’को निर्देशन गरेका हुन् । सिनेमाले १० करोडमाथिको व्यापार गरिसकेको छ । दिमाग खराब अहिले पनि नेपालसँगै डायस्पोरामा समेत प्रदर्शन भइरहेको छ। सामाजिक र राजनीतिक कथावस्तुमा आधारित फिल्ममा निर्देशक निश्चलसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत कलाकारले अभिनय गरेका छन्।

तस्बिरहरू