Skip to main content

काठमाडौं । फिल्म ‘पर्खी बसे तिमीलाई’बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकी नयाँ कलाकारको रुपमा डेब्यू गर्दैछन् । यही फिल्मबाट अनिसा रसाइलीले पनि फिल्म क्षेत्रमा डेब्यू गर्दैछिन् । फिल्ममा यी कलाकारको साथमा शिव श्रेष्ठ, सुनिता श्रेष्ठ, विल्सन विक्रम राई र मनिष श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ ।

फिल्मको ट्रेलर हेर्दा लभ स्टोरी कथामा दीपकले यसपटक पनि दर्शकको मन छुने फिल्म बनाएको अनुमान लगाउन सकिन्छ । दीपकले नै निर्देशन गरेको फिल्म ‘पर्खी बसे’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । फिल्मको ट्रेलर हेर्दा नयाँ कलाकारद्वय किरण र रक्षाको कामबाट सन्तुष्ट हुने ठाउँ प्रशस्त भेटिन्छ ।

फिल्मको ट्रेलरलाई साहिल खानले सम्पादन गरेका हुन् । यो फिल्ममा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्ममा ‘बादलपारी’मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

फिल्मलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।