बलिउड अभिनेता अरबाज खानले विवाह गरेका छन्। उनले आइतबार आफ्नो प्रेमिका शुरा खानसँग विवाह गरेका हुन्।
मुम्बईस्थित अरबाजकी बहिनी अर्पिता खान शर्माको घरमा आयोजना गरिएको उक्त वैवाहिक समारोहमा उनीहरूको नजिकका साथीभाइ र आफन्त मात्रै सहभागी थिए। त्यस्तै विवाह समारोहबाट अरबाजको विवाहको तस्विर सार्वजनिक भएको छ जसमा उनले फ्लोरल कुर्ता लगाएका छन भने उनकी श्रीमती शूरा पीच लेहेंगामा सुन्दर देखिएकी छिन् ।
अरबारजको यो दोस्रो विवाह हो । उनले यसअघि अभिनेत्री तथा मोडल मलाइका अरोरासँग विवाह गरेका थिए। तर उनीहरु ६ वर्ष अघि नै अलग भएका थिए ।
त्यसो त शुरा खान मेकअप आर्टिस्ट हुन् । अरबाज र सुराको पहिलो भेट पटना शुक्ला को छायांकनमा भएको थियो।