Skip to main content

काठमाडौं । दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर अभिनेता विल्सनविक्रम राईले फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङसँग आइतबार लिखित सहमति भएको छ ।

यो फिल्मको छायांकन अर्को बर्ष मात्र सुरु हुनेछ । पूर्वी नेपालका विभिन्न जिल्लामा फिल्मको छायाङ्कन गरिनेछ। फिल्ममा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । फिल्ममा आफूले पनि अभिनय गर्ने विल्सनको भनाई छ । उनका अनुसार, नायिकाको चयन केही दिनमै गरिनेछ । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन तथा निर्देशन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ ।