Skip to main content

काठमाडौं । अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘दान्भी’ को टिजर सार्वजनिक भएको छ। बुढासुब्बा युट्युव च्यानल मार्फत निमार्ण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा पूजा शर्माको एक्सन देख्न सकिन्छ।  रूपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा देव मगर, अनुप गडाल रहेको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पञ्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सहनिर्माता हुन् ।

फिल्ममा संजोग रानाको संवाद, हरि लामा घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, सत्यम रानाको भिएफएक्स, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन रहेको छ।