Skip to main content

काठमाडौं। दयाहाङ राई र मिरुना मगरको फिल्म ‘मनसरा’ को फस्टलुक सार्वजनिक भएको छ । निमार्ण टिमले शुक्रबार फिल्मको फस्टलुक सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा मिरुना मगरलाई चित्रण गरिएको छ । उपेन्द्र सुब्बबाले निर्देशन गरेको उक्त फिल्ममा दयाहाङ र मिरुनासँगै प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् । उनी फिल्मका छायाँकर समेत हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सहनिर्मातामा छन् ।

ललितपुर र पाँचथरको लोकेसनमा खिचिने यो फिल्म कबड्डी फिल्म्स्को ब्यानरमा निर्माण हुँदैछ । यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ भने डिजिटल पार्टनरको रुपमा जी २१ प्रोडक्सन छ । थिएटर पार्टनरको रुपमा क्यूएफएक्स छ ।

त्यसो त पछिल्लो समय दया र मिरुना सर्वाधिक रुचाइएको जोडीमा पर्दछन् । साथै यो फिल्म आउँदो बैशाख २१ गते रिलिज हुनेछ ।